गुच्चाको गोली लागेपछि बाँदर फर्किएनन्
कास्की | जेठ १७, २०८१
कास्की: कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।
स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।
‘रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’
लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए ।
उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ ।
चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए ।
गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए ।
‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’
उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् ।
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

